राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने
-(2)-1745134663.jpg)
काठमाडौं, वैशाख ७ : प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताहरु सिंहदरबार केन्द्रित भएका छन्।
केही नेता तथा कार्यकर्ताहरुले सडकमै प्रदर्शन गरेपनि राप्रपा सबद्ध सांसदहरु भने सिंहदरबारभित्रै प्रदर्शन गर्नेगरी तयारी रहेको राप्रपा सचिवालयले जनाएको छ।
‘सबै मान्यज्यूहरु सिंहदरबारमा रहेको संसदीय कार्यालयमै भेला हुनुहुँदैछ। उहाँहरुले सिंहदरबारमै प्रदर्शन गर्ने कार्य तालिका छ,’ सचिवालयका एक सदस्यले भने।
अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरु सिंहदरबारमा भेला भइरहेका छन्। वर्तमान व्यवस्थाविरुद्ध बिजुलीबजार पुलमा प्रदर्शन गरिरहेका नेताहरु सिंहदरबार छिरेका हुन्।
प्रकाशित मिति: १३:२२ बजे, आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार