काठमाडौंमा सुरक्षा सतर्कता बढाइयो
राप्रपाले आज दिउँसो बबरमहल क्षेत्रमा प्रदर्शन गर्दैछ। सोही प्रदर्शनलाई लक्षित गरेर सुरक्षा शतर्कता बढाइएको हो।
काठमाडौं, वैशाख ७ : राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनलाई लक्षित गरेर काठमाडौंमा सुरक्षा शतर्कता बढाइएको छ।
राप्रपाले आज दिउँसो बबरमहल क्षेत्रमा प्रदर्शन गर्दैछ। सोही प्रदर्शनलाई लक्षित गरेर सुरक्षा शतर्कता बढाइएको हो।
सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
राप्रपाको प्रदर्शनलाई लक्षित गरी सुरक्षा रणनीति तयार पारिएको बताए। निषेधित क्षेत्र तोड्न नदिने र यदि तोड्ने प्रयास भए बल प्रयोग गर्नेसम्मको तयारी रहेको उनले बताए।
प्रकाशित मिति: ११:३९ बजे, आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












