Kathmandu Press

गणतन्त्रका पक्षधरहरू एक हुने शीर्ष तीन नेताबीच सहमति 

शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोशीर्ष तीन नेताहरूको  बैठकमा संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन एक भएर अघि बढ्ने सहमति भएको हो।
गणतन्त्रका पक्षधरहरू एक हुने शीर्ष तीन नेताबीच सहमति 

काठमाडौं, वैशाख ६ : शीर्ष तीन दलका शीर्ष नेताहरूबीच गणतन्त्रका पक्षधरहरू एक हुनेगरी अघि बढ्न सहमति भएको छ।

शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोशीर्ष तीन नेताहरूको  बैठकमा संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन एक भएर अघि बढ्ने सहमति भएको हो।

Hardik ivf

बैठकमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेललगायत सहभागी थिए।

शीर्ष नेताहरूबीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा पनि आज छलफल भएको छ। 

छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए।

प्रकाशित मिति: २०:११ बजे, शनिबार, वैशाख ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्