Kathmandu Press

सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष दाहाल

उनले माओवादी आत्मालोचनासहित उत्पीडित वर्ग र समूदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढाउन सँधै प्रतिवद्ध रहेको बताए।
सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष दाहाल

काठमाडौं, वैशाख ६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कहिले कसैसँग कहिले कसैसँग मिल्दा त्यसको परिणाम जनतालाई राम्रो नभएको बताएका छन्। 

शनिबार नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले माओवादी आत्मालोचनासहित उत्पीडित वर्ग र समूदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढाउन सँधै प्रतिवद्ध रहेको बताए।

‘हामीले कहिले कसैसँग कहिले कसैसँग सहमति गर्दा त्यसको परिणाम जनातालाई राम्रो भएन। जबसम्म सम्पूर्ण रुपले नेवा समुदायको पहिचान स्थापित हुनेछैन तबसम्म माओवादी केन्द्रले तपाईंहरुको साथ छोड्ने छैन। तपाईंहरु हामीलाई साथ दिनुहोस्,’ अध्यक्ष दाहालले भने, ‘अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ त्यो अहिलेको सरकारका गलत काम क्रियाकलापका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहसजस्तो गरेका छन्, त्यो सफल हुने छैन।’ 

उनले नेवा समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने बताए । उनले अहिलेको सरकार र राजावादीहरूलाई लक्षित गर्दै प्रतिगामी षड्यन्त्रका विरुद्ध एकजुट हुन समेत अग्रह गरे। 
 

प्रकाशित मिति: १९:०७ बजे, शनिबार, वैशाख ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्