Kathmandu Press

बुटवलमा युवतीमाथि गोली प्रहार

बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। 
बुटवलमा युवतीमाथि गोली प्रहार

रूपन्देही, वैशाख ६ : बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार कम्मर माथि गोली लागेको उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

रैनादेवी छहरा घर भएकी उनी हाल बुटवल ११ बुद्धनगर बस्ने गर्थिन्। 

उनीमाथि गोली प्रहार गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।  प्रहरीले घटनाको अनुसन्धान थालेको छ। 

प्रकाशित मिति: ११:१६ बजे, शनिबार, वैशाख ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्