Kathmandu Press

आरआर क्याम्पसमा यथाशिघ्र स्ववियू निर्वाचन गर्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनका न्यायाधीशले त्रिभुवन विश्वविद्यालय र आरआर क्याम्पसका नाममा यथाशिघ्र निर्वाचन गरर्न आदेश दिएको हो। 
आरआर क्याम्पसमा यथाशिघ्र स्ववियू निर्वाचन गर्न उच्च अदालतको आदेश

काठमाडौं, बैशाख ५ : उच्च अदात पाटनले रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्थगित भएको स्ववियु निर्वाचन यथाशिघ्र गराउन शुक्रबार अन्तरिम आदेश दिएको छ। 

स्ववियू निर्वाचनको माग गर्दै नेपाल विद्यार्थी संघ तर्फबाट स्ववियु अध्यक्षमा उम्मेदवार बनेका विनोदराज जोशीले उच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। 

Hardik ivf

उच्च अदालत पाटनका न्यायाधीशले त्रिभुवन विश्वविद्यालय र आरआर क्याम्पसका नाममा यथाशिघ्र निर्वाचन गरर्न आदेश दिएको हो। 

सम्पूर्ण निर्वाचन प्रक्रिया सकिए पनि मतदानको अघिल्लो दिन चैत त्यसपछि ४ गते राती अनेरास्ववियुले मतदाता नामावलीमा प्रश्न उठाउँदै मूल गेटमा तालावन्दी गरिदिएका कारण निर्वाचन स्थगित भएको थियो। 

क्याम्पसका गतिविधिमा आरआरका विद्यार्थीको प्रतिनिधित्व गराउन पाउने अधिकार कुण्ठित भएको प्रश्न उठाउँदै जोशीले रिटमा निर्वाचनको माग गरेका थिए। त्यसपछि चैत १६ गते चुनाव गर्ने सहमती भए पनि चैत १५ भएको तीनकुने घटनाको कारण स्थगित भएको थियो। 

त्यतिबेला काठमाडौको उपत्यकाको सुरक्षा अवस्था असामान्य भएको बताउँदै निर्वाचन हुन नसक्ने बताइएको थियो । यथाशिघ्र सर्वदलीय बैठक राखी अर्को निर्वाचन मिति तय गर्ने भनिए पनि ढिलाई भएको कारण देखाएर अदालतमा रिट निवेदन दर्ता भएको हो। 


 

प्रकाशित मिति: २०:२० बजे, शुक्रबार, वैशाख ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्