Kathmandu Press

बारामा कार र ट्रिपर ठोक्किदा दुई जनाको मृत्यु

प्रहरीका अनुसार मृत्यु हुनेमा नाम नखुलेका कार चालक एक जना र सर्लाही बरहथवा नगरपालिका–१५ हजरियाका नारायणहरि शर्मा रहेका छन्।
बारामा कार र ट्रिपर ठोक्किदा दुई जनाको मृत्यु

बारा, वैशाख ५ : बाराको भूईपुल नजिकको क्षेत्रमा कार र ट्रिपर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर  र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–०२५ च ५०७६ नम्बरको कार एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। 

Hardik ivf

प्रहरीका अनुसार मृत्यु हुनेमा नाम नखुलेका कार चालक एक जना र सर्लाही बरहथवा नगरपालिका–१५ हजरियाका नारायणहरि शर्मा रहेका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित  पथलैया–निजगढ सडकखण्डको १३ किलो भन्ने स्थानमा शुक्रबार दिउँसो सवारी दुर्घटना भएको बारा प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार कारलाई ठक्कर दिने ट्रिपरका चालक फरार रहेकालाई खोजी भइरहेको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
 

प्रकाशित मिति: १९:३७ बजे, शुक्रबार, वैशाख ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्