Kathmandu Press

गभर्नर बन्न डा.भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट

भट्टको गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको दाबीसहित अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार रिट दर्ता गरेका हुन्। 
गभर्नर बन्न डा.भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौं, वैशाख ५ : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टको योग्यतामाथि प्रश्न उठाउँदै गभर्नर नबनाउन सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। 

भट्टको गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको दाबीसहित अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार रिट दर्ता गरेका हुन्। 

उक्त टिमा सुनुवाईका लागि आइतबारको पेशी समेत तय भएको छ । भट्टले शुक्रबार नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। राजीनामा स्वीकृत हुन बाँकी छ। 

यसअघि सर्वोच्चले गत वैशाख २ गते ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई नियुक्तिको प्रक्रियामा सामेल नगराउन अन्तरिम आदेश जारी गरेकोे थियो। त्यो रिट पनि अधिवक्ताद्वय उप्रेती र थापाले नै दायर गरेका हुन्। 

योग्य उम्मेदवारहरुको गभर्नर नियुक्ति समितिबाट छनौट भएर आउनुपर्नेमा सहमतिमा नियुक्ति गरिने कार्य सुशासन ऐन विपरित हुने दाबी पनि रिटमा गरिएको छ।

प्रकाशित मिति: १८:३४ बजे, शुक्रबार, वैशाख ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्