Kathmandu Press

प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकलाई छलफलमा बोलाए  

प्रधानमन्त्री ओलीले वार्तामा बोलाएपछि आन्दोलनरत नेपाल शिक्षक महासंघका पदाधिकारी अहिले आन्तरिक छलफलमा जुटेका छन्। 
प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकलाई छलफलमा बोलाए  

काठमाडौं, वैशाख ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा डाकेका छन्। 

प्रधानमन्त्री ओलीले वार्ताका लागि आज साँझ ७ बजेको समय दिएका छन्। 

प्रधानमन्त्री ओलीले वार्तामा बोलाएपछि आन्दोलनरत नेपाल शिक्षक महासंघका पदाधिकारी अहिले आन्तरिक छलफलमा जुटेका छन्। 

छलफलमा राख्ने विषयमा समझदारी जुटाएर वार्तामा जाने तयारी महासंघले गरेको छ। 

आन्दोलनरत शिक्षहरुले शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेलगायतका माग राखेर विगत १५ दिनदेखि काठमाडौंका सडकमा प्रदर्शन गर्दै आएका छन्।  

प्रकाशित मिति: १८:३० बजे, शुक्रबार, वैशाख ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्