Kathmandu Press

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

पर्यटन प्रवर्द्धनका हिसाबले पनि सो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो। 
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

सिन्धुपाल्चोक, वैशाख ५ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरेकी छिन्।

शुक्रबार तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण पछि उनले नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिइन्। यो नाकाबाट वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने गरेको छ। 

Hardik ivf

यो नाकालाई थप व्यवस्थित बनाउन सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री डा. राणाले बताइन्। 

पर्यटन प्रवर्द्धनका हिसाबले पनि सो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो। 

मन्त्री डा. राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौं–कोदारी राजमार्गका साथै तातोपानी नाकासँग जोडिएका अन्य सडकहरुको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने बताइन्। 

प्रकाशित मिति: १८:१६ बजे, शुक्रबार, वैशाख ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्