Kathmandu Press

१७औँ दिन पनि शिक्षक आन्दोलन जारी, सडक अस्तव्यस्त [तस्बिरहरू]

नेपाल शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि काठमाडौं केन्द्रीत सडक आन्दोलनमा रहेका शिक्षकहरू अझै पनि आन्दोलनमा नै छन्।
१७औँ दिन पनि शिक्षक आन्दोलन जारी, सडक अस्तव्यस्त [तस्बिरहरू]

काठमाडौं, वैशाख ५ : शिक्षा ऐनको माग गर्दै सुरु भएको शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी छ।

नेपाल शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि काठमाडौं केन्द्रीत सडक आन्दोलनमा रहेका शिक्षकहरू अझै पनि आन्दोलनमा नै छन्। आन्दोलन आज शुक्रबार १७ औं दिन पुगेको छ।

शिक्षकहरूले थप सशक्त आन्दोलनको तयारी गरिरहेका छन्। उनीहरू कुनै हालतमा शिक्षा ऐन जारी नभएसम्म घर नजाने अडानमा छन्।

यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन। शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार प्रणाली अनुरुप गर्नुपर्ने लगायत माग छन्।

आन्दोलनका कारण सडकमा सवारी साधन आवतजावतमा कठिनाइ हुँदै आएको छ। शिक्षकहरुले आन्दोलनका क्रममा नृत्य, जादू, गीत, कविता जस्ता मनोरन्जनात्मक कार्यक्रम देखाइरहेका छन्।

Photo-(4)-(1)-1744975898.jpg

Photo-(2)-(2)-1744977662.jpg

Photo-(1)-(1)-1744977662.jpg

Photo-(10)-(1)-1744976164.jpg

Photo-(11)-(1)-1744975899.jpg

 

 

प्रकाशित मिति: १७:४१ बजे, शुक्रबार, वैशाख ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्