Kathmandu Press

परीक्षा बोर्डले भन्यो– कक्षा १२को परीक्षा स्थगित भएको छैन, भ्रामक सूचना दिनेलाई कारबाही हुन्छ

बोर्डले विभिन्न सामाजिक संजालमा सम्प्रेषण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो भ्रामक सूचना दिनेलाई कानुनी कारबाही गरिने पनि जनाएको छ।
परीक्षा बोर्डले भन्यो– कक्षा १२को परीक्षा स्थगित भएको छैन, भ्रामक सूचना दिनेलाई कारबाही हुन्छ

काठमाडौं, वैशाख ५ : राष्ट्रिक्षा परीक्षा बोर्डले कक्षा १२को आसन्न वार्षिक परीषा स्थगित नभएको जनाएको छ। वैशाख ११ गतेबाट संचालन हुने तालिका छ।  

बोर्डले कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भ्रामक सूचनाप्रति राष्ट्रिय परीक्षा बोर्डले ध्यानाकर्षण भएको जनाएको छ।

बोर्डले विभिन्न सामाजिक संजालमा सम्प्रेषण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो भ्रामक सूचना दिनेलाई कानुनी कारबाही गरिने पनि जनाएको छ।

शुक्रबार बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थीवर्गमा भ्रम सिर्जना हुनेगरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना संप्रेषण गरिएको भन्दै परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रवाह गरिनेहुँदा अन्य स्रोतवाट प्रबाह हुने सूचनामा भर नपर्न सरोकारवालालाई आग्रह गरेको छ।

परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ। 

बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन पनि सम्पूर्ण विद्यार्थीहरूलाई अनुरोध गरेका छ। 
 
प्रकाशित मिति: १७:१६ बजे, शुक्रबार, वैशाख ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्