Kathmandu Press

उपचारका लागि धवलशमशेरलाई छाड्ने तयारी

स्वास्थ्योपचारका लागि उनलाई छाडिन लागेको हो। उपचारपछि पुनः उनलाई हिरासतमा लिइने छ।
उपचारका लागि धवलशमशेरलाई छाड्ने तयारी

काठमाडौं, वैशाख ५ : गत चैत १५ गतेको हिंसात्मक घटनापछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धवलशमशेर जबरालाई छाडिने भएको छ।

स्वास्थ्योपचारका लागि उनलाई छाड्न लागिएको हो। उपचारपछि पुनः उनलाई हिरासतमा लिइने छ।

Hardik ivf

तीनकुनेमा भएको हिंसात्मक घटनापछि सोही राति नै प्रहरीले धवलशमशेरसहित राप्रपाका अर्का नेता रविन्द्र मिश्रलगायतलाई पक्राउ गरेको थियो। 

उनीहरूमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ। चैत २६ गते उनीहरूलाई थप १५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। त्यसअघि २ पटक गरेर उनीहरुलाई ११ दिन हिरासतमा राखिएको थियो।
 

प्रकाशित मिति: १५:५३ बजे, शुक्रबार, वैशाख ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्