Kathmandu Press

प्रचण्डको दाबी खण्डन गर्दै ओलीले भने– सरकार फेरिने हल्लाको पछि नलाग्नू

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले नै देश विकसित र सुशासनयुक्त बनाउने बताए। 
प्रचण्डको दाबी खण्डन गर्दै ओलीले भने– सरकार फेरिने हल्लाको पछि नलाग्नू
फाइल तस्बिर।

चितवन, वैशाख ५ : प्रधानमन्त्री केपी ओलीले सरकार परिवर्तनको हल्ला मात्र रहेको बताउँदै यस्को पछाडि नलाग्न आग्रह गरेका छन्।

शुक्रबार चितवनस्थित इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै यस्तो आग्रह गरेका हुन्। गत बैशाख १ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै ०८२ सालसँगै सरकार फेरिने दाबी गरेका थिए। प्रधानमन्त्री ओलीले प्रचण्डलक्षित जवाफ दिएका हुन्।

Hardik ivf

कार्यक्रममा प्रधानमन्त्री ओलीले ढुक्क भएर देश विकासमा लाग्न अनुरोध गर्दै सरकार फेरिने हल्लाको पछि लाग्नुपर्ने आवश्यकता नभएको बताए। प्रधानमन्त्री ओलीले अहिलेको सरकारले नै देश विकसित र सुशासनयुक्त बनाउने बताए। 

‘यो सरकार स्थिर छ। देशमा स्थायित्व स्थापित हुनेछ। नेपाली कांग्रेस र नेकपा एमाले पुराना, ठूला, देशमा बलिदान गरेर इतिहास बोकेका पार्टी किन संयुक्त भए?,’ उनले भने ‘हामी संयुक्त प्रयासबाट देशमा स्थायित्व र स्थिरता कायम गरी देशको विकास गर्न जरुरी छ भनेर एक पार्टी एक ठाउँमा आएका हुन्।’

उनले चितवनको पर्यटनमा इच्छाकमनाले योगदान दिनसक्ने बताउँदै केन्द्र र प्रदेश सरकारले समेत यहाँको विकासमा सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। 
 

प्रकाशित मिति: १४:३९ बजे, शुक्रबार, वैशाख ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्