Kathmandu Press

नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ : गृहमन्त्री

उनले हिमाल, पहाड, तराई र मधेश सबै ठाउँमा विपद्का जोखिमहरु रहेकाले जनतालाई जोगाउनका लागि तयार रहनुपर्ने बताए।
नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ : गृहमन्त्री

कास्की, वैशाख ५ : गृहमन्त्री रमेश लेखकले नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा रहेको बताएका छन्। 

शक्रबार प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले हिमाल, पहाड, तराई र मधेश सबै ठाउँमा विपद्का जोखिमहरु रहेकाले जनतालाई जोगाउनका लागि तयार रहनुपर्ने बताए।

‘हामी प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छौं। आज भन्दा करिव ४ हप्ता जति भयो एकै हप्ता तीनवटा भूकम्प बेहोर्नुपर्यो। जुनसुकै बेला जे पनि हुन सक्छ । त्यो मानसिकताका साथ तयारीमा बस्न जरुरी छ । ७२ सालको भूकम्प पोखरा केन्द्रविन्दु भएर आएको थियो । भूकम्पको उच्च जोखिम छ,’ उनले भने, ‘मनसुनको बेलामा अविरल वर्षका कारणले जाने बाढि, पहिरो र डुबानको जोखिम छ। हिमाल, पहाड, तराई र मधेश सबै ठाउँमा विपद्का जोखिमहरु छन्। जोखिमबाट जनतालाई जोगाउनका लागि हामी तयार रहनुपर्छ।’

गृहमन्त्री लेखकले जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने मानसिकताका साथ तयारीमा बस्न जरुरी रहेको बताए। उनले जोखिमबाट जनतालाई जोगाउनका लागि हामी सबै तयार रहनुपर्ने बताए। 

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का दृष्टिकोणले गण्डकी प्रदेश जोखिमयुक्त प्रदेश भएको बताए। उनले बाढि, पहिरोको जोखिम गण्डकी प्रदेशमा अलि बढी नै रहेको बताए।
 

प्रकाशित मिति: १४:०१ बजे, शुक्रबार, वैशाख ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्