Kathmandu Press

पूर्वराजाका नाममा संविधानलाई समाप्त पर्ने गतिविधि क्षम्य हुँदैन : गृहमन्त्री 

उनले यो संविधान धेरै ठूलो बलिदान र त्यागबाट बनेको स्मरण गर्दै संविधान विरोधी गतिविधि स्वीकार्य नहुने पनि बताए। 
पूर्वराजाका नाममा संविधानलाई समाप्त पर्ने गतिविधि क्षम्य हुँदैन : गृहमन्त्री 
फाइल तस्बिर।

कास्की, वैशाख ५ : गृहमन्त्री रमेश लेखकले अहिलेको व्यवस्था र संविधानको रक्षा सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै पूर्वराजाका नाममा संविधानलाई समाप्त पार्ने गतिविधि कुनै पनि हालतमा क्षम्य नहुने बताएका छन्। 

गृहमन्त्री लेखकले गण्डकीस्तरीय सुरक्षा गोष्ठीलाई संम्बोधन गर्दै उक्त भनाई राखेका हुन्। पूर्वराजाका नाममा वा अरु कुनै नाममा मुलुकमा संविधानलाई समाप्त पर्ने गतिविधि कुनै पनि हालतमा क्षम्य नहुने भनाई लेखकको थियो। 

उनले यो संविधान धेरै ठूलो बलिदान र त्यागबाट बनेको स्मरण गर्दै संविधान विरोधी गतिविधि स्वीकार्य नहुने पनि बताए। 

‘संविधान विरोधी गतिविधिहरुलाई निस्तेज गर्ने, नियन्त्रण गर्ने कुरामा हामी स्पष्ट र दृढ हुनुपर्छ । मुलुकमा संविधान विरोधी गतिविधि गर्ने, अस्थिरता उत्पन्न गर्ने र अहिलेको संविधानले संघीय लोकतान्त्रिक शासन व्यवस्थाको प्रत्याभूत गरेको छ,’ गृहमन्त्री लेखकले भन । 

लेखकले वर्तमान संविधान संसारको उन्नत लोकतान्त्रिक अभ्यास गरिरहेको कुनै मुलुकको संविधान भन्दा कमजोर नरहेको दाबी पनि गरे। 

अहिलेसम्मको संविधानको कार्यान्वयनको सबल र दुर्वल पक्षको मुल्यांकन गरेर राष्ट्रिय सहमतिको आधारमा संशोधन गर्ने पनि बताए।


 

प्रकाशित मिति: १३:२९ बजे, शुक्रबार, वैशाख ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्