Kathmandu Press

निजामती कर्मचारीले घेरे राज्य व्यवस्था समिति

संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नुअघि धर्ना दिइएको हो।
निजामती कर्मचारीले घेरे राज्य व्यवस्था समिति

काठमाडौं, वैशाख ५ : निजामती कर्मचारीहरूको संयुक्त ट्रेड युनियनले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिएको छ। 

संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नुअघि धर्ना दिइएको हो। यसअघि संयुक्त ट्रेड युनियनले २०८१ चैतको अन्तिम दिन आन्दोलनको चेतावनी दिएका थिए। 

Hardik ivf

कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग राखेका छन्।

उनीहरुले संघीय मामिलामन्त्री, कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने तयारी समेत गरेका छन्। आगामी सोमबार सभामुखलाई तथा विभागीयले सचिव तथा जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत तय भएको छ। 

आगामी वैशाख १० गते आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने निर्णय समेमत गरिएको छ। 

प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, वैशाख ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्