मकवानपुरगढीमा गाडी दुर्घटना, बालिकासहित २ जनाको मृत्यु
दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका–५ बस्ने ५० वर्षकी निलमदेवी राउत र सर्लाही बागमती गाउँपालिका–७ बस्ने १३ वर्षकी मानुसी मगर मृत्यु भएको प्रहरी नायब उपरिक्षक अर्यालले बताए।-1744958852.jpeg)
मकवानपुर, वैशाख ५ : मकवानपुरगढीमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
काठमाडौंबाट हेटाैंडा आउँदै गरेको बाप्र ०१–००६ ख ७०७२ नम्बर इभी गाडी मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ धरमपानी स्थित दुर्घटनामा बिहान १ बजेतिर दुर्घटनामा परेको हो।
दुर्घटनामा एक जनाको दुर्घटना स्थालमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए।
दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका–५ बस्ने ५० वर्षकी निलमदेवी राउत र सर्लाही बागमती गाउँपालिका–७ बस्ने १३ वर्षकी मानुसी मगर मृत्यु भएको प्रहरी नायब उपरिक्षक अर्यालले बताए।
उनका अनुसार बालिका मगरको घटनास्थालमै र राउतको उपचारका हेटौंडा अस्पतालमा मृत्यु भएको हो। बालिकालाई प्रहरीले खोजतलास गर्ने क्रममा बिहान साढे ५ बजे मात्र दुर्घटनास्थल नजिक खोल्सामा मृत भेटेको थियो।
घाइतेहरूको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।
गाडी सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ।
-(6)-1746543796.jpeg)