कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्षमाथि गोली प्रहार
बिहीबार राति शौचालय गएर फर्कने क्रममा अध्यक्ष चौधरीलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जाएको छ।
कपिलवस्तु, वैशाख ५ : कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार प्रयास भएको छ।
बिहीबार राति शौचालय गएर फर्कने क्रममा अध्यक्ष चौधरीलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जाएको छ। चौधरीलाई गोली भने नलागेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट एक थान पेस्तोलमा प्रयोग हुने गोलीको खोका बरामद गरेको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १२:१८ बजे, शुक्रबार, वैशाख ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(17)-1746938205.jpg)
