Kathmandu Press

नेपाल आईपुगिन् देवी प्रतिभा, पोखरामा गरियो स्वागत

प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय कृष्णमूर्तीले जानकारी दिए।
नेपाल आईपुगिन् देवी प्रतिभा, पोखरामा गरियो स्वागत

काठमाडौं, चैत ५ : विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी छिन्। 

प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय कृष्णमूर्तीले जानकारी दिए। देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन्। 

उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समुह समेत रहेको बताइएको छ। उनले पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा १४ दिनसम्म कथावाचन गर्नेछिन्। 

शितकृष्ण महाराज जी पनि यतिबेला पोखरामा छन्। हिजो पोखरा पुगेका उनले आज हुने प्रतिभाको कथावाचन समुद्घाटन कार्यक्रमभमा प्रवचन दिने छन् ।
 

प्रकाशित मिति: ११:५९ बजे, शुक्रबार, वैशाख ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्