काठमाडौंसहित यी स्थानमा हुनेछ आज वर्षा
जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, मधेस र वाग्मती प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
काठमाडौं, वैशाख ५ : देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मधेसहित देशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, मधेस र वाग्मती प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।
कोसी, मधेस र वाग्मती प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागमा पनि वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । काठमाडौंमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रकाशित मिति: ०८:२९ बजे, शुक्रबार, वैशाख ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












