Kathmandu Press

रास्वपाको महाधिवेश फागुनमा हुने

बिहीबार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन आगामी फागुन ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको हो।
रास्वपाको महाधिवेश फागुनमा हुने

काठमाडौं, वैशाख ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।

बिहीबार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन आगामी फागुन ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको हो।

यसअघि रास्वपा महाधिवशेन वैशाखमै हुने तय थियो। तर, सभापति रवि लामिछाने सहकारी रकम हिनामिना प्रकरणमा पुनः थुनामा गएपछि रास्वपाले महाधिवेशन ११ महिनापछि सारेको हो।

बैठकले २०८२ असोजसम्म वडा अधिवेशन, कात्तिकसम्म पालिका, मंसिरसम्म जिल्ला  र माघ १५ सम्ममा प्रदेश अधिवेशन सक्ने निर्णय पनि गरेको छ। 

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७ सय वडामा अधिवेशन सम्पन्न भइसकेको रास्वपाले जानएको छ। 

प्रकाशित मिति: २१:१२ बजे, बिहीबार, वैशाख ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्