Kathmandu Press

त्रिवि क्रिकेट मैदान पुनर्निर्माण तोकिएकै मितिमा पूरा हुने

विहीबार त्रिवि क्रिकेट मैदानको अवलोकन गर्दै उनले प्रतिकूल मौसममा पनि पूर्वाधार निर्माणको काम भइरहेको भन्दै जनशक्ति बढाएर तोकिएको मितिभित्र काम सकाउने हिसाबले अगाडि बढेको बताए। 
त्रिवि क्रिकेट मैदान पुनर्निर्माण तोकिएकै मितिमा पूरा हुने

काठमाडौं, वैशाख ४ : उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदान कीर्तिपूरको काम तोकिएको मितिभित्र पूरा हुनेगरि काम अगाडि बढिरहेको बताएका छन्। 

विहीबार त्रिवि क्रिकेट मैदानको अवलोकन गर्दै उनले प्रतिकूल मौसममा पनि पूर्वाधार निर्माणको काम भइरहेको भन्दै जनशक्ति बढाएर तोकिएको मितिभित्र काम सकाउने हिसाबले अगाडि बढेको बताए। 

‘प्रधानमन्त्रीको विशेष चासो भएको प्रोजेक्ट भएकाले योभन्दा अगाडि पनि अवलोकनमा आएका थियौं । र आज हालसम्मको प्रगति बुझ्ने काम भएको छ । यस्तो प्रतिकूल मौसममा पनि काम भइरहेको छ, तोकिएको मिति भित्र काम सकाउने हिसाबले काम अगाडि भएको पाएका छौं,’ उनले भने।

टियू क्रिकेट मैदानको बारेमा सम्बन्धित व्यक्तिहरुसँग पनि मन्त्रालयमा बोलाएर यसको प्रगतिबारे सोध्ने गरेको उनको भनाई छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुर हाल पुनर्निर्माणको क्रममा छ । वैशाख २४ गते भित्र यसको निर्माण कार्य सकिने सहरी विकास मन्त्रालयको भनाइ छ। 

प्रकाशित मिति: २०:३८ बजे, बिहीबार, वैशाख ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्