Kathmandu Press

‘‘देश खत्तम छ’भन्ने भाष्य नेताहरुले नै निर्माण गरेका छन्’

उनले देशमा जहिले पनि असहज परिस्थिति बनाई राख्ने, जहिले पनि देश खत्तम छ भन्ने किसिमको विचार निर्माण राजीतिज्ञहरुले नै गरेको बताइन्। 
‘‘देश खत्तम छ’भन्ने भाष्य नेताहरुले नै निर्माण गरेका छन्’

काठमाडौं, वैशाख ४ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ‘देश खत्तम छ’भन्ने किसिमको विचारको विकास राजनीतिज्ञहरुबाटै भएको बताएकी छन्। 

बिहीबार काठमाडौंमा आयोजित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ जहाँ हर पालिकाले सुनाउँछ आफ्नै कथा’ पुस्तक लोकार्पण् गर्दै उनले देशमा जहिले पनि असहज परिस्थिति बनाई राख्ने, जहिले पनि देश खत्तम छ भन्ने किसिमको विचार निर्माण राजीतिज्ञहरुले नै गरेको बताइन्। 

‘हाम्रो देशमा किन संघर्ष नै संघर्ष हुन्छ, कहिले सडक आन्दोलन, कहिले धर्ना, किन हामी यसमा समय खर्च गरिरहेका छौं। किन हामी सकरात्मक काममा समय खर्च गर्दैनौ। यो एउटा ठूलो प्रश्न छ। हामी राजनीति गर्ने मान्छेहरु नै यसको दोषि हौं कि जस्तो लाग्छ,’ उनले भनिन्, ‘जहिले पनि असहज परिस्थिति बनाई राख्ने, देश खत्तम छ भन्ने किसिमको विचारको विकास गरिएको छ। यसमा राजनीति गर्ने मान्छेहरुको नै दोष छ।’

मन्त्री डा. राणाले देशमा केही पनि भएको छैन्, देश खत्तम भयो भन्ने खालको भाष्य निर्माण गर्न खोजिएको भन्दै यसका पछि नलाग्न सबैलाई आग्रह गरेकी छन्। 

प्रकाशित मिति: १८:५० बजे, बिहीबार, वैशाख ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्