Kathmandu Press

चार भुटानी नागरिकलाई तत्काल देश निकाला नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बिहीबार अन्तरिम आदेश दिँदै थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई आगामी वैशाख ११ गते सर्वोच्चको इजलासमा उपस्थित गराउन समेत भनेको छ। 
चार भुटानी नागरिकलाई तत्काल देश निकाला नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, वैशाख ४ : सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपालको झापामा थुनामा रहेका चार भुटानीलाई तत्काल देश निकाला नगर्न अन्तरिम आदेश जारी गरेको छ। 

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बिहीबार अन्तरिम आदेश दिँदै थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई आगामी वैशाख ११ गते सर्वोच्चको इजलासमा उपस्थित गराउन समेत भनेको छ। 

थुनामा रहेका भुटानी शरणार्थीको वन्दीप्रत्यक्षीकरण माग गर्दै नारायणकुमार सुवेदीले रिट दायर गरेका थिए।  उनीहरूलाई अमेरिकाले गत चैत ११ मा डिपोर्ट गरेको थियो।

अमेरिकाबाट डिपोर्ट भएपछि उनीहरु भारत हुँदै भुटान पुगेका थिए । उनीहरुलाई भुटानले देश निकाला गरेको थियो । त्यसपछि नेपाल आइपुगेका हुन्। 

उनीहरूलाई नेपालको अध्यागमन कार्यालयले देशबाट निष्काशन गर्ने निर्णय गर्दै नियन्त्रणमा लिएको थियो। उनीहरू नेपाली मूलका भुटानी रहेको जनाइएको छ। 

चरैजना नेपालमा शरणार्थीको रुपमा दर्ता भै शरणार्थीकै रुपमा अमेरिका पुनर्वास भएका थिए।
 
प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, वैशाख ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्