Kathmandu Press

रास्वपा बैठक पार्टी कार्यालय वनस्थलीमा सुरु 

बैठकमा सहमहामन्त्री सुमना श्रेष्ठले पेस गरेको राजीनामा पत्रबारे पनि छलफल हुने भएको छ।
रास्वपा बैठक पार्टी कार्यालय वनस्थलीमा सुरु 

काठमाडौं, वैशाख ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक सुरु भएको छ।  

रास्वपा बैठक पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा शुरु भएको हो। 

Hardik ivf

रास्वपा बैठकमा यसअघिका बैठकको निर्णय र पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ, पार्टी महाधिवेशन, जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरण एवम् समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। 

बैठकमा सहमहामन्त्री सुमना श्रेष्ठले पेस गरेको राजीनामा पत्रबारे पनि छलफल हुने भएको छ। एक व्यक्ति एक पद कार्यान्वयनका लागि भन्दै सुमनाले पार्टी सहमहामन्त्री पदबाट राजीनामा पत्र बुझाएकी थिइन्। 
 

प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, वैशाख ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्