ललिता निवास प्रकरण विवाद सर्वोच्चमा ‘हेर्दाहेर्दै’ अवस्थामा
उक्त रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेको पूर्ण इजलासमा सुनुवाई भएको थियो।
काठमाडौं, वैशाख ४ : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णयमा तत्कालीन प्रधानमन्त्री र मुख्य सचिवमाथि छानविन हुनुपर्ने मागसहित दायर भएको रिटको सुनुवाई नसकिएपछि विहीबार ‘हेर्दाहेर्दै’ अवस्थमा राखिएको छ।
उक्त रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेको पूर्ण इजलासमा सुनुवाई भएको थियो।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई र तत्कालीन मुख्य सचिव लीलामणि पौडेलमाथि पनि छानविन र कारबाही हुनुपर्ने मागसहित वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेसहितले सर्वोच्चमा रिट दिएका थिए।
अख्तियारलाई विपक्षी बनाएर नेपाल, भट्टराई र पौडेलमाथि छानविनको माग गर्दै रिट दायर भएको छ।
मन्त्रिपरिषदले गरेको निर्णयमा नीगिगत भनेर प्रधानमन्त्री र मुख्य सचिवलाई उन्मुक्ति दिन नमिल्ने दाबी रिट निवेदकको छ।