राप्रपाले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
उनले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने भन्दै पूर्वघोषित मिति वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय पनि गरेको बताए।
काठमाडौं, वैशाख ४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइको माग गरेका छन्।
राप्रपाका नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाई गर्न उनले सरकारसँग माग गर्ने बताएका हुन्।
विहीबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सुनाउदैँ उनले चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानूनी एवम राजनीतिक दुवै लडाइलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय गरेको बताए।
‘उपत्यका भित्रका सबै वडा तहसम्म सबै नेताहरु पुग्ने र संगठनलाई अझै बलियो बनाउने निर्णय पनि गरेका छौं। कार्यक्रमलाई आन्दोलन केन्द्रीत बनाउने निर्णय भएको छ,’ उनले भने, ‘पार्टीका नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालगायत चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेको निर्दोष मानिसलाई तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानूनी र राजनीतिक दुवै लडाईलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय गरेको छ।’
उनले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने भन्दै पूर्वघोषित मिति वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय पनि गरेको बताए।
‘आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने निर्णय गरेको छ। त्यस क्रममा पूर्वघोषित मिति बैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।’
राप्रपाका सबै आन्दोलनसँग सम्बन्धित कार्यक्रमहरुलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी समेत बनाउने निर्णय भएको उनको भनाइ छ।
-(6)-1746682448.jpg)