Kathmandu Press

बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनले पाए सफाई 

उच्च अदालत जनकपुरका न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले बम्जनलाई सफाइ दिने फैसला गरे पनि लिखितप्रति भने आएका छैन। 
बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनले पाए सफाई 

धनुषा, वैशाख ४ : बाल यौन दुरुपयोगको आरोप लागेका रामबहादुर बम्जनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको छ। 

जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरले बम्जनलाई सफाई दिएको हो। 

उच्च अदालत जनकपुरका न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले बम्जनलाई सफाइ दिने फैसला गरे पनि लिखितप्रति भने आएका छैन। 

रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनले पनि सफाइ पामएका छन्। 

जिल्ला अदालत सर्लाहीले २०८१ साल असार १७ गते बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

प्रकाशित मिति: १६:४८ बजे, बिहीबार, वैशाख ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्