गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलन आवश्यक : कांग्रेस
छलफलमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालिएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।-1744882992.jpg)
काठमाडौं, वैशाख ४ : सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको छलफलमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालिएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।
‘हामीले सामन्यतया समग्र राजनीतिक परस्थितीमा पनि विश्लेषण गर्यौं। शिक्षक आन्दोलनको विषयमा पनि छलफल भयो। सरकारको पर्फमेन्स अझै बेटर हुनुपर्छ। बढी गठबन्धन दलबीच समन्वय र सन्तुलन हुनुप¥यो भन्ने कुरा भयो,’ उनले भने, ‘अझै सशक्त रुपमा डेलिभरी सरकारले दिनुपर्छ भन्ने विषयमा कुराकानी भयो, गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको सबैथोक हुँदैन। समन्वयको आवश्यकता छ। सबैको कुरा समेट्नपर्ने आवश्यकता छ।’
नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेकै आधारमा सरकार नढल्ने पनि उनले बताए। प्रचण्ड प्रतिपक्षमा भएकाले सरकार ढल्दैछ भन्नु स्वभाविक भएको बताए।












