Kathmandu Press

‘शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक दलहरुकै कारण ढिलाइ भयो’

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियालाई अन्तिम रुप दिँदा द्वन्द्वपीतितहरु सबैलाई न्याय दिने अहिलेको आयोगहरुको उदेश्य रहेको बताए।
‘शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक दलहरुकै कारण ढिलाइ भयो’

काठमाडौं, वैशाख ४ : प्रधानमन्त्री केपी ओलीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग(टीआरसी)मा पदाधिकारी नियुक्ति प्रक्रियामा सरकारले काम गरिरहेको बताएका छन्।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले आयोगहरुमा पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया अघि बढेपनि राजनीतिक दलहरुकै कारण ढिलाई भइरहेको बताए।

‘नेकपा एमालेले एकल सरकार  बनाएर ऐतिहासिक कामहरु गरिसकेको छ । ति ऐतिहासिक कामहरुबाट ग्रसित अस्तित्व संकटमा परेको महशुस गर्दै एमालेलाई त्यसबेला सरबारबाट विस्थापित गरिएको थियो । तर आज हामी शान्ति स्थापनाको अन्तिमतिर सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन जस्ता आयोगहरुमा पदधिकारी नियुक्ती गरेर काम अगाडि बढाउने प्रक्रियामा छौं,’ उनले भने, ‘यसमा ढिलाइ भनेको द्वन्द्वपीतितहरुको कारणले होइन्, राजनीतिक कारणले नै ढिलाई भएको छ। अब ढिलाई नगर्ने प्रयास जारी राखेका छौं। पीडितहरुको पीडा हामीले बुझेका छौं। जेल–नेल भोगेर आएकाले पीडा कस्तो हुन्छ हामीलाई थाहा छ।’

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियालाई अन्तिम रुप दिँदा द्वन्द्वपीतितहरु सबैलाई न्याय दिने अहिलेको आयोगहरुको उदेश्य रहेको बताए।

उनले आयोगमार्फत काम गरेर  पीडितहरुलाई न्याय दिएर संक्रमणकालीन न्याय दिनका लागि आयोगहरुलाई सक्रिय बनाइने र सबै पीडितहरुलाई न्याय दिइने बताए।

प्रकाशित मिति: १४:५७ बजे, बिहीबार, वैशाख ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्