Kathmandu Press

शिक्षकहरूको सडक आन्दोलन १६औं दिनमा [तस्बिरहरू]

नयाँ शैक्षिक सत्रको सुरु भएपनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन। काठमाडौं उपत्यकाको सवारी आगमनमा समस्या भइरहेको छ। 
शिक्षकहरूको सडक आन्दोलन १६औं दिनमा [तस्बिरहरू]

काठमाडौं, वैशाख ४ : शिक्षकहरूले १६ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रमक हुँदै गइरहेको छ।

जसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको छ। नयाँ शैक्षिक सत्रको सुरु भएपनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन। काठमाडौं उपत्यकाको सवारी आगमनमा समस्या भइरहेको छ। 

१६ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन विहीबार पनि जारी राखेका छन् । बिहीबार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन्। 

Hardik ivf

Photo-(11)-1744879259.jpg

मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुको माग सम्बोधन गर्न बैशाख १२ गतेलाई संसद बैठक आब्हान गरेपनि शिक्षकहरुले आन्दोलनलाई थप चर्काएका हुन्। 

मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो। 

शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन्।  

Photo-(14)-1744879262.jpg

Photo-(9)-1744879250.jpg

 

Photo-(7)-1744879250.jpg

Photo-(10)-1744879258.jpg

Photo-(17)-1744878684.jpg

Photo-(5)-1744879255.jpg

प्रकाशित मिति: १४:३० बजे, बिहीबार, वैशाख ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्