Kathmandu Press

द्वन्द्वकालका अमानवीय र जघन्य अपराधमा माफी दिन सकिन्नँ : प्रधानमन्त्री ओली 

प्रधानमन्त्री ओलीले अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकावमा लागेर हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने चेतावनी समेत दिए। 
द्वन्द्वकालका अमानवीय र जघन्य अपराधमा माफी दिन सकिन्नँ : प्रधानमन्त्री ओली 

काठमाडौं, वैशाख ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने बताएका छन्।  

प्रधानमन्त्री ओलीले नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको विहीबार उद्घाटन गर्दै यस्तो भनाई राखेका हुन्। 

संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने भनाई प्रधानमन्त्री ओलीको थियो । ओलीले संक्रमणकालिन आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने पनि बताए।  

प्रधानमन्त्री ओलीले अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकावमा लागेर हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने चेतावनी समेत दिए। 

प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको समेत बताए। 

कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरूको सम्मेलन गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आह्वान समेत गरेका छन । 

प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, वैशाख ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्