Kathmandu Press

ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीमाथि छानविन माग गरिएको रिटमा सुनुवाई हुँदै

रिटमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेको पूर्ण इजलासमा सुनुवाईका लागि पेशी तय भएको हो।
ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीमाथि छानविन माग गरिएको रिटमा सुनुवाई हुँदै

काठमाडौं, वैशाख ४ : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णयमा तत्कालीन प्रधानमन्त्री र मुख्य सचिवमाथि छानविन हुनुपर्ने मागसहित दायर भएको एक रिटमा बिहीबार सुनुवाइको लागि पेशी तय गरिएको छ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई र तत्कालीन मुख्य सचिव लीलामणि पौडेलमाथि पनि छानविन र कारबाही हुनुपर्ने मागसहित वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेसहितले सर्वोच्चमा रिट दिएका थिए।

Hardik ivf

रिटमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेको पूर्ण इजलासमा सुनुवाईका लागि पेशी तय भएको हो।

उक्त मुद्दा सर्वोच्च अदालतको पेशी सूचीको ‘ख’ नम्वरमा परेको छ । अहिले यसअघिको मुद्दामा सुनुवाई चलिरहेको छ । खाजा समयपछि यो रिटमाथि सुनुवाई हुनेक्रममा छ । अख्तियारलाई विपक्षी बनाएर नेपाल, भट्टराई र पौडेलमाथि छानविनको माग गर्दै रिट दायर भएको छ।

मन्त्रिपरिषदले गरेको निर्णयमा नीगिगत भनेर प्रधानमन्त्री र मुख्य सचिवलाई उन्मुक्ति दिन नमिल्ने दाबी रिट निवेदकको छ।

प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, वैशाख ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्