Kathmandu Press

कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरुबीच बुढानीलकण्ठमा छलफल 

सभापति शेरबहादुर देउवाको निजी निवासमा शुरु बैठकमा सरकारको कामबारबाहीबारे छलफल भइरहेको जनाइएको छ। 
कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरुबीच बुढानीलकण्ठमा छलफल 

काठमाडौं, वैशाख ४ : नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र कांग्रेसका मन्त्रीहरुको बैठक बुढानीलकण्ठमा बसिरहेको छ। 

सभापति शेरबहादुर देउवाको निजी निवासमा शुरु बैठकमा सरकारको कामबारबाहीबारे छलफल भइरहेको जनाइएको छ। 

पछिल्लो समय नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन,  थापा, विश्वप्रकाश शर्मा, पूर्व मन्त्री एनपी साउदलगायतले सरकारको कामको गतिलाई लिएर असन्तुष्टि व्यक्त गरिरहेका बेला बैठक बसेको हो। 

असन्तुष्ट नेताहरुसँग छलफल गरेर साझा धारणा बनाउने प्रयास स्वरुप छलफल गरिएको जनाइएको छ। 

प्रकाशित मिति: १३:१७ बजे, बिहीबार, वैशाख ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्