Kathmandu Press

सुमना श्रेष्ठले दिइन् रास्वपा सहमहामन्त्रीबाट राजीनामा 

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले श्रेष्ठले सहमहामन्त्रीबाट राजीनामा दिएको बताए।
सुमना श्रेष्ठले दिइन् रास्वपा सहमहामन्त्रीबाट राजीनामा 
फाइल तस्बिर।

काठमाडौं, वैशाख ४ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन्। पार्टीमा एक व्यक्ति एक पद लागू गर्नुपर्ने भन्दै उनले राजीनामा बुझाएकी हुन्। 

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले श्रेष्ठले सहमहामन्त्रीबाट राजीनामा दिएको बताए। सो विषयमा आज बस्ने रास्वपा केन्द्रीय समिति बैठकमा छलफल हुने उनले बताए । 

संसदीय मोर्चामा नै सक्रियताका साथ भन्दै श्रेष्ठले राजीनामा दिएकी हुन्। रास्वपाले उनको राजीनामा स्वीकार भने गरिसकेको छैन।

श्रेष्ठले सभापति रवि लामिछानेलाई १५ दिनअघि नै राजीनामा बुझाएकी थिइन्।

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, वैशाख ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्