Kathmandu Press

‘गभर्नर नियुक्तिमा दलहरुबीच होइन, बिचौलियाबीच कुरा मिलेको छैन’

‘अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ। तपाईंहरुलाई लाग्छ होला पार्टीहरुको बीचमा भागबन्डा मिलेको छैन। तर, कुरा नमिलेको बिचौलियाको बीचमा हो।’
‘गभर्नर नियुक्तिमा दलहरुबीच होइन, बिचौलियाबीच कुरा मिलेको छैन’

रुपन्देही, वैशाख ४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिचौलियाहरूबीच कुरा नमिलेका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको आरोप लगाएका छन्। 

‘अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ। तपाईंहरुलाई लाग्छ होला पार्टीहरुको बीचमा भागबन्डा मिलेको छैन। तर, कुरा नमिलेको बिचौलियाको बीचमा हो,’ रुपन्देहीमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले भने।

उनले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका गम्भी समस्याको समाधानका लागि पहल गर्न आग्रह गरे। 

गभर्नर नियुक्तिमा स्वार्थ समूहको बिगबिगी भइरहेको उनले बताए। विचौलियाले कांग्रेसलाई कहिले एमालेलाई पक्डेको पनि उनले बताए। 

सरकार पनि बिचौलियाको स्वार्थ अनुसार नै काम गरिरहेको बताउँदै राम्रो काम गर्ने इमानदार कर्मचारीहरुलाई प्रताडित गर्ने, अपमानित गर्ने र निकाल्ने र नराम्रोलाई भर्ती गर्ने काम भइरहेको बताए।

प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, वैशाख ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्