Kathmandu Press

भौतिक विकासका सबै सुखसुविधाहरु आफ्नै हुनुपर्छ भन्ने सोच गलत : मन्त्री पाण्डे

मन्त्री पाण्डेले भौतिक विकास गलत नभएको त रहेर्ने दृष्टिकोण आत्म केन्द्रित वा स्वार्थ केन्द्रित हुनु गलत भएको बताए। 
भौतिक विकासका सबै सुखसुविधाहरु आफ्नै हुनुपर्छ भन्ने सोच गलत : मन्त्री पाण्डे

काठमाडौं, वैशाख ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भौतिक विकासका सबै सुख सुविधाहरु आफ्नै हुनुपर्छ भन्ने सोच गलत भएको बताएका छन्।

बिहीबार खप्तडबाबा ज्योति पुरस्कार वितरण तथा सम्मान समारोहमा बोल्दै मन्त्री पाण्डेले भौतिक विकास गलत नभएको त रहेर्ने दृष्टिकोण आत्म केन्द्रित वा स्वार्थ केन्द्रित हुनु गलत भएको बताए। 

‘भौतिक विकासका सबै सुखसुविधाहरु मेरै हुनुपर्छ भन्ने सोच गलत हो। भौतिक विकास गलत होइन तर भौतिक विकासलाई हेर्ने दृष्टिकोण आत्म केन्द्रित र स्वार्थ केन्द्रित भयो भने त्यो गलत हो । हामी नाङ्गै आएको नाङ्गै जाने वास्तविकता र सत्य त्यही नै हो,’ उनले भने।

मन्त्री पाण्डेले स्वार्थहरुको पत्रले छोपिँदा छोपिँदा मान्छेले आफ्नो स्वभावविकता गुमाउँदै गइरहेको बताए। उनले स्वभावविकता गुमाउँदा नै मान्छेले द्वन्द्व निम्त्याउने गरेको बताए।
 

प्रकाशित मिति: ११:३० बजे, बिहीबार, वैशाख ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्