Kathmandu Press

सत्तारुढ दलको संयन्त्रको बैठकले भन्यो– कांग्रेस र एमाले सहकार्यमा समस्या छैन

‘हाम्रा बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो कि भन्ने जुन आइरहेको छ। यस्तो कुनै समस्या छैन,’ बैठकपछि उनले प्रतिक्रिया दिए।
सत्तारुढ दलको संयन्त्रको बैठकले भन्यो– कांग्रेस र एमाले सहकार्यमा समस्या छैन

काठमाडौं, वैशाख ३ : सत्तारुढ दलहरुको उच्च स्तरीय राजनीतिक संयन्त्रले दुई ठूला दल कांग्रेस र एमालेबीचको सहकार्यमा कुनै समस्या रहेको निष्कर्ष निकालेको छ।

सत्तारुढ दलकै नेताहरुबाट पछिल्लो सरकार र प्रधानमन्त्रीको कार्यशैलीबारे आलोचना भइरहेको सन्दर्भमा बुधबार साँझा संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। बैठकले गठबन्धनमा कुनै समस्या रहेको निष्कर्ष निकालेको हो।

Hardik ivf

बैठकपछि गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई नेकपा एमाले र नेपाली कांग्रेसकाबीचमा कुनै समस्या नभएको प्रष्ट पारे।

‘हाम्रा बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो कि भन्ने जुन आइरहेको छ। यस्तो कुनै समस्या छैन,’ बैठकपछि उनले प्रतिक्रिया दिए।

बैठकमा एमालेबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, अनि कांग्रेसबाट देउवासहित गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा थिए।

प्रकाशित मिति: २३:०८ बजे, बुधबार, वैशाख ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्