Kathmandu Press

बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको बैठक सुरु

कार्यदलको बैठक साँझ ५ः३० बजेदेखि शुरु भएको हो। बैठकमा सडक आन्दोलनमा रहेका शिक्षकहरूको मागबारे छलफल भइरहेको छ। 
बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको बैठक सुरु
फाइल तस्बिर।

 काठमाडौं, वैशाख ३ : नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित कार्यदलको बैठक सरकारी निवास बालुवाटारमा चलिरहेको छ। 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको छ। 

कार्यदलको बैठक साँझ ५ः३० बजेदेखि शुरु भएको हो। बैठकमा सडक आन्दोलनमा रहेका शिक्षकहरूको मागबारे छलफल भइरहेको छ। 

कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट ४ र नेकपा एमालेको तर्फबाट ४ जना सदस्य रहेका छन्। जसमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा रहेका छन्। 

नेकपा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्।

 

प्रकाशित मिति: १८:२० बजे, बुधबार, वैशाख ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्