Kathmandu Press

नेपालमा गठबन्धनको अनुभव राम्रो छैन : महामन्त्री थापा

यसअघि एमाले र माओवादीबीच गठबन्धन मात्र नभई पार्टी नै एक बनाएको बताउँदै उनले गठबन्धनको राम्रो अनुभव नभएको बताए। 
नेपालमा गठबन्धनको अनुभव राम्रो छैन : महामन्त्री थापा
फाइल सस्बिर।

बारा, वैशाख ३ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा नेपालमा कुनै पनि पार्टीमा गठबन्धनको अनुभव राम्रो नभएको टिप्पणी गरेका छन्।  

बारा निर्वाचन क्षेत्र नं. ३ द्वारा बडहर्वामा आयोजित नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलनमा बोल्दै उनले कांग्रेसले माओवादीसग मिलेर चुनाव लडेको तर अहिले एमालेसग सरकारमा रहेको उल्लेख गरे।

Hardik ivf

यसअघि एमाले र माओवादीबीच गठबन्धन मात्र नभई पार्टी नै एक बनाएको बताउँदै उनले गठबन्धनको राम्रो अनुभव नभएको बताए। 

महामन्त्री थापाले प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई पटकसम्म वा तिन÷चार दिनमा एकपटक भए पनि सरकार टिक्क छ भन्नु पर्ने बाध्यता रहेको बताए। 
 
‘जति बलियो गठबन्धनको सरकार भएपनि टिक्क छ–टिक्क छ, हिजो बेलुकासम्म नटिक्ला जस्तो थियो, आज बिहानदेखि टिक्ने भयो भन्नु पर्ने बाध्यता छ,’ उनले भने।

उनले ०८४ को चुनावमा कुनै पनि पार्टीले गठबन्धनको कल्पना समेत नगर्ने परिपाठीको विकास हुन जरुरी रहेको आंैल्याए।
 

प्रकाशित मिति: १८:०६ बजे, बुधबार, वैशाख ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्