Kathmandu Press

माग पूरा नभए भोलिदेखि डाक्टरहरूले आन्दोलन थप चर्काउने

आन्दोलनरत डा.राजु चौधरीले मन्त्रिपरिषदबाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनु परेको बताएका छन्।
माग पूरा नभए भोलिदेखि डाक्टरहरूले आन्दोलन थप चर्काउने

काठमाडौं, वैशाख ३ : मन्त्रिपरिषदबाट पारित भएको न्यूनतम तलब नपाएको तथा चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार प्राइभेट कलेजलाई सेवा सुविधा नदिएको भन्दै डाक्टरहरु विगत केही दिनदेखि धर्नामा रहेका छन्।
 
बुधबार माइतीघर मण्डलामा प्राइभेट मेडिकल कलेजहरुले नमानेको विषयलाई लिएर स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यान्वयन सङ्घर्ष समितिले सेतो एप्रोन लगाएर धर्ना कार्यक्रम गरेको हो।

आन्दोलनरत डा.राजु चौधरीले मन्त्रिपरिषदबाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनु परेको बताएका छन्।

Hardik ivf

Photo-(12)-1744798829.jpg

उनले यसरी सबै डाक्टरहरु रोडमा आउदा बिरामीहरुले पाउने सेवामा पनि असर परेको भन्दै आन्दोलनमा आएको १३ दिन बितिसक्दा पनि सरकारले वास्ता नगरेको बताए।

‘अस्पताल नै बन्द गरेर यसरी सडकमा आउने हाम्रो रहर छैन। तर हाम्रो माग सम्बोधन नभएको हुनाले विकल्प नै नपाएर सडकमा आएका हौं,’ उनले भने, ‘१३ दिन बितिसक्दा पनि सरकार यसरी हेरेर मात्र बसिराख्दा हामी यो देशको नागरिक नै होइन जस्तो लागि सकेको छ।’ 

Photo-(13)-1744798829.jpg
 

अर्का डाक्टर प्रेम निरौलाले माग सम्बोधन नभए भोलिदेखि देशभरका सम्पूर्ण ओपिडिहरु बन्द गरेर आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउन बाध्य हुने बताए। 
उनले सरकारले गरेको निर्णय लागू होस भन्नको लागि पनि यसरी आन्दोलनमा आउनु पर्ने कुराले एउटा असफल राष्ट्रको संकेत दिएको भन्दै यो एकदमै दुख लाग्दो कुरा भएको पनि बताए। 

प्रकाशित मिति: १६:०८ बजे, बुधबार, वैशाख ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्