Kathmandu Press

सरकारले कार्यशैली बदल्नुपर्छ : महामन्त्री शर्मा 

‘सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन। मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक भएन। कमजोरी केलाऔँ, लय मिलाऔँ, गति बढाऔँ,’ उनले लेखेका छन्।
सरकारले कार्यशैली बदल्नुपर्छ : महामन्त्री शर्मा 
फाइल तस्बिर।

काठमाडौं, वैशाख ३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कार्यशैली बदल्नुपर्ने बताएका छन्। 

महामन्त्री शर्माले बुधबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै वर्तमान सरकार चल्नुपर्ने, तर कार्यशैलीमा फेरबदल आवश्यक भएको भनाई राखेका हुन्। 

उनले सरकारबाट नगर्नुपर्ने निर्णयमा हतारो भएको तर गर्नुपर्ने निर्णयमा बिलम्ब गरिएको बताएका छन्। 

‘सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन। मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक भएन। कमजोरी केलाऔँ, लय मिलाऔँ, गति बढाऔँ,’ उनले लेखेका छन्, ‘सरकार अलमल बाहिर अनुभुतिमा भेटिनुपर्छ। सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ।’

महामन्त्री शर्माले सामाजिक सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियार सम्बन्धी विधेयक, त्रिवि पदाधिकारी, राष्ट्र बैंकको गभर्नर र प्रहरीको एआईजी नियुक्त प्रकरणको दृष्टान्त दिँदै सरकारले सही ढंगले काम गर्न नसकेको बताएका छन्।

प्रकाशित मिति: १४:५० बजे, बुधबार, वैशाख ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्