Kathmandu Press

म कांग्रेस र कम्युनिष्ट दुवै गुण भएको नयाँ मान्छे हो : अध्यक्ष भट्टराई

‘शेरबहादुरजी लगायत साथीहरुलाई सुनाउन चाहान्छु म सामान्तवाद, निरङकुसता, राजतन्त्र विरोधि चेतना बोकेर राजनीतमिा लागेको मान्छे हुँ, ३३ सालसम्म म कांग्रेस निकट रहेँ,’ उनले भने। 
म कांग्रेस र कम्युनिष्ट दुवै गुण भएको नयाँ मान्छे हो : अध्यक्ष भट्टराई

काठमाडौं, वैशाख ३ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले आफू कांग्रेस र कम्युनिष्ट गुणले नयाँ मान्छे भएको बताएका छन्। 

बुधवार कांगे्रस नेता स्व.चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दैँ उनले राजनीतिक जीवनको सुरुवातमा कांग्रेस निकट रहेको हुनाले आफू कांग्रेस र कम्युनिष्ट दुवै भएको बताएका हुन्। 

Hardik ivf

‘शेरबहादुरजी लगायत साथीहरुलाई सुनाउन चाहान्छु म सामान्तवाद, निरङकुसता, राजतन्त्र विरोधि चेतना बोकेर राजनीतमिा लागेको मान्छे हुँ, ३३ सालसम्म म कांग्रेस निकट रहेँ,’ उनले भने। 

कांग्रेस र कम्युनिष्टहरु भनेको लोकतन्त्रको दुई हाँगा भएको भन्दै उनले कांग्रेस र कम्युनिष्टहरुले लिएको विचार अपुरो भएको बता । 

‘कांग्रेसले निजी स्वतन्त्रका मात्र कुरा गर्ने र कम्युनिष्टहरुले समानतामा मात्र जोड दियो त्यो अपुरो थियो। तर हनुपर्ने निजी स्वतन्त्रता साथै समानतामा भन्ने मेरो बुझाई हो,’ उनले भने, ‘त्यसैले अलिकति कांग्रेस, अलिकति कम्युनिष्ट हो त्यसैले म दुइवटै गुण भएको अलिकति अगाडि बढेको नयाँ मान्छे हो।’

उनले चन्द्रप्रसाद न्यौपानेसँग लोकतान्त्रिक कुराहरू सिक्न पाएको पनि बताए। 
 

प्रकाशित मिति: १४:०५ बजे, बुधबार, वैशाख ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्