Kathmandu Press

नेपाली राजनीतिमा स्व.चन्द्रप्रसाद न्यौपानेको ठूलो योगदान छ : सभापति देउवा

न्यौपानेले नेपाली कांग्रेसको विभिन्न जिम्मेवार पदमा समेत रहेर भूमिका निर्वाह गरेको भन्दै उनले २०६२–६३ को जनआन्दोलनमा पटकपटक जेल जीवन समेत बिताएको पनि देउवाले स्मरण गरे। 
नेपाली राजनीतिमा स्व.चन्द्रप्रसाद न्यौपानेको ठूलो योगदान छ : सभापति देउवा

काठमाडौं, वैशाख ३ : नेपाली कांग्रेसका सभापति शेरबहार देउवाले नेपाली राजनीति र प्रजातान्त्रिक आन्दोलनमा स्व.चन्द्रप्रसाद न्यौपानेको धेरै ठूलो योगदान रहेको बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित स्व.चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले न्यौपानेलाई नेपाली कांग्रेसको एक निष्ठावान, संघर्षशिल र लोकतन्त्रवादीको रुपमा चिनेको बताए। 

‘स्व.नेता चन्द्रप्रसाद न्यौपानेलाई मैले नेपाली कांग्रेसको एक निष्ठावान, संघर्षशिल र लोकतन्त्रवादीको रुपमा चिनेको छु। नेपाली राजनीतिमा र प्रजातान्त्रि आन्दोलनमा धेरै ठूलो योगदान दिनुभएको छ,’ देउवाले भने।

न्यौपानेले नेपाली कांग्रेसको विभिन्न जिम्मेवार पदमा समेत रहेर भूमिका निर्वाह गरेको भन्दै उनले २०६२–६३ को जनआन्दोलनमा पटकपटक जेल जीवन समेत बिताएको पनि देउवाले स्मरण गरे। 

त्यस्तै, कांग्रेसका नेता मिनेन्द्र रिजालले चन्द्रप्रसाद न्यौपानेसँग आफ्नो पारिवारिक सम्बन्ध पनि रहेको भन्दै उनी एकदम सरल, शालिनपूर्ण र निष्ठावान व्यक्तित्व भएको बताए । कांग्रेसले उनलाई महत्वपूर्ण रुपमा सम्झनुपर्ने धारणा राखे। 
 
प्रकाशित मिति: १४:०२ बजे, बुधबार, वैशाख ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्