आजको मौसम : चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
विभागका अनुसार आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अपाह्नपछि काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको जनाएको छ ।
काठमाडौं, वैशाख ३ : हाल देशमा मूख्यतया स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसकारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अपाह्नपछि काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज दिउँसो, देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती, कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
यस्तै, मेघगर्जन र चट्याङ्ग, वर्षालगायत हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ।

-1745505342.jpg)