Kathmandu Press

‘भ्रष्टाचारी, विचौलिया र दलालहरू मिलेर सरकारबाट हट्न बाध्य पारे’

अध्यक्ष दाहालले जनतासँग गहिरो सम्बन्ध बनाएर भ्रष्टाचारीका विरुद्ध फेरि लडाई लड्ने बताए।
‘भ्रष्टाचारी, विचौलिया र दलालहरू मिलेर सरकारबाट हट्न बाध्य पारे’

नवलपुर, वैशाख २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर आफूहरुलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन्। 

हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै  अध्यक्ष दाहालले भ्रष्टाचार विरोधी अभियान, सामाजिक न्यायको अभियान र आर्थिक विकासको अभियान चलाउँदैगर्दा आफूहरुलाई संविधान मिचेर रातको अध्याँरोमा छलछाम र जालझेलको तरिकाले षडयन्त्र गरेर संख्याको बलमा सरकारबाट बाहिर पुर्याउने काम गरेको बताएका हुन्।

Hardik ivf

‘भ्रष्टाचार विरोधी, सामाजिक न्याय र आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारीहरू, विचौलिया, दलालहरु मिलेर हामीलाई सरकारबाट बाहिर जान बाध्य पारियो। संविधान मिचेर रातको अध्यारोमा छलछाम र जालझेलको तरिकाले षडयन्त्र गरेर संख्याको बलमा सरकारबाट बाहिर पुर्याउने काम गरेका छन्,’ उनले भने।

अध्यक्ष दाहालले जनतासँग गहिरो सम्बन्ध बनाएर भ्रष्टाचारीका विरुद्ध फेरि लडाई लड्ने बताए। उनले सुशासन, सामाजिक न्यायका पक्षमा लड्ने उद्देश्यले माओवादी अगाडि बढ्ने बताए।  

प्रकाशित मिति: २१:०९ बजे, मंगलबार, वैशाख २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्