Kathmandu Press

२५ करोड तस्करी प्रकरणमा माओवादी नेतासहित दुई जनाविरुद्ध अदालतमा मुद्दा 

राजस्व अनुसन्धान विभागले ट्रकका चालकसमेत रहेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका कुसाङ लामा र माओवादी नेता नारायण पौडेललाई प्रतिबादी बनाएर जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले मुद्दा दर्ता गरेको हो। 
२५ करोड तस्करी प्रकरणमा माओवादी नेतासहित दुई जनाविरुद्ध अदालतमा मुद्दा 

काठमाडौं, वैशाख २ : टोखाबाट बरामद भएको करिब २५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा तस्करी प्रकरणमा मंगलबार एकजना माओवादी नेतासहित दुई जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ। 

राजस्व अनुसन्धान विभागले ट्रकका चालकसमेत रहेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका कुसाङ लामा र माओवादी नेता नारायण पौडेललाई प्रतिबादी बनाएर जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले मुद्दा दर्ता गरेको हो। 

Hardik ivf

उनीहरूविरुद्ध विदेशी विनियम ऐनअन्तर्गत मुद्दा दर्ता गराई २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपैयाँ बिगो दाबी गरिएको छ । नेता पौडेललाई भने मुद्दामा फरार देखाइएको छ।  

ट्रकको ‘फल्स बटम’ मा लुकाएर चीनको केरुङतर्फ तस्करी गर्न लागिएको आशंकामा प्रहरीले लामालाई पक्राउ गरेको थियो । ना.७ ख १६५२ नम्बरको ट्रकमा २५ करोड रुपैयाँ फेला परेको थियो। 

पक्राउपछि आरोपी लामामाथि छानविनका लागि प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो।

प्रकाशित मिति: १९:२३ बजे, मंगलबार, वैशाख २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्