२५ करोड तस्करी प्रकरणमा माओवादी नेतासहित दुई जनाविरुद्ध अदालतमा मुद्दा
राजस्व अनुसन्धान विभागले ट्रकका चालकसमेत रहेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका कुसाङ लामा र माओवादी नेता नारायण पौडेललाई प्रतिबादी बनाएर जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले मुद्दा दर्ता गरेको हो।
काठमाडौं, वैशाख २ : टोखाबाट बरामद भएको करिब २५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा तस्करी प्रकरणमा मंगलबार एकजना माओवादी नेतासहित दुई जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ।
राजस्व अनुसन्धान विभागले ट्रकका चालकसमेत रहेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका कुसाङ लामा र माओवादी नेता नारायण पौडेललाई प्रतिबादी बनाएर जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले मुद्दा दर्ता गरेको हो।
उनीहरूविरुद्ध विदेशी विनियम ऐनअन्तर्गत मुद्दा दर्ता गराई २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपैयाँ बिगो दाबी गरिएको छ । नेता पौडेललाई भने मुद्दामा फरार देखाइएको छ।
ट्रकको ‘फल्स बटम’ मा लुकाएर चीनको केरुङतर्फ तस्करी गर्न लागिएको आशंकामा प्रहरीले लामालाई पक्राउ गरेको थियो । ना.७ ख १६५२ नम्बरको ट्रकमा २५ करोड रुपैयाँ फेला परेको थियो।
पक्राउपछि आरोपी लामामाथि छानविनका लागि प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)