दुर्गा प्रसाईंमाथि ‘ज्यानमार्ने उद्दोग’ मा पनि अनुसन्धान गरिने
प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जाहेरी परेपछि अनुसन्धान अघि बढाइएको हो।
काठमाडौं, वैशाख २ : गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा पनि अनुसन्धान सुरु गरेको छ।
प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जाहेरी परेपछि अनुसन्धान अघि बढाइएको हो। प्रसाईं जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। उनीवरुद्ध राजावादी प्रदर्शनकाक्रममा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको आरोप लगाइएको छ।
चैत १५ गते तीनकुनेको प्रदर्शनमा ड्युटीमा खटिएका प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धानज अघि बढाउन प्रसाईंविरुद्ध जाहेरी दिएका हुन् । सोही आधारमा ज्यान मार्ने उद्योगको कसुरमा पनि अनुसन्धान सुरु भएको हो।
हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंलाई भारतमा पक्राउ गरी नेपाल ल्याइएको थियो । तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेको केहीबेरपछि नै प्रसाईं सम्पर्कविहीन भएका थिए।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










