Kathmandu Press

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन 

राष्ट्रपति पौडेलले सहकारीका समस्याका कारण मारमा परेका नागरिकलाई छिटो न्याय दिन र यस क्षेत्रको समस्यालाई छिटो टुंगो लगाउन निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन 

काठमाडौं, वैशाख २ : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरेका छन्। 

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसंगको भेटमा सहकारी समस्या बारेमा चासो व्यक्त गरेका हुन्। 

Hardik ivf

राष्ट्रपति पौडेलले सहकारीका समस्याका कारण मारमा परेका नागरिकलाई छिटो न्याय दिन र यस क्षेत्रको समस्यालाई छिटो टुंगो लगाउन निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

राष्ट्रपति पौडेलले सहकारीका साना बचतकर्ताको रकम फिर्ताका सम्बन्धमा सरकार गम्भिर भएर लाग्न निर्देशन दिएका थिए। 

सो अवसरमा मन्त्री अधिकारीले केन्द्रीयस्तरमा दर्ता भएका ४७ मध्ये २३ वटा सहकारीलाई संकटग्रस्त घोषणा गरी तदारुकताका साथ काम भइरहेको र ३ वटा सहकारीको समस्या समाधान गरिसकेको तथा बाँकी सहकारीको समस्या समाधानका लागि सरकारले काम गरिरहेको जानकारी गराएका थिए। लामो समयदेखि सहकारी पीडितहरूले आन्दोलन गरिरहेका छन्।
 

प्रकाशित मिति: १८:३४ बजे, मंगलबार, वैशाख २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्